विशेषले सफाइ दिएको नापी र राष्ट्रिय निकुञ्जको दुई मुद्दामा सर्वोच्च पुग्यो अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेका दुई फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आइतबार अख्तियारले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, सौराहा सेक्टरका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक समेतको मुद्दा र नापी कार्यालय, रुपन्देहीका नापी अधिकृत ध्रुवराज मरासिनी, विन्देश्वर यादव र सर्भेक्षक ठाकुरप्रसाद गुरौ समेतका प्रतिवादी मुद्दामा माफी दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको हो ।
आइतबार पुनरावेदन गर्दै अख्तियारले ३१ लाख ५९ हजार बिगो, चार वर्षदेखि ६ वर्षसम्म कैद, घुस रकम बराबर जरिवानाको माग गरेको छ ।
अख्तियारले चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन सहायक संरक्षक पाठकले निकुञ्जको कोर एरियाभित्र निकुञ्जको वातावरण प्रतिकूल असर र वन्यजन्तुलाई हानि हुनेगरी होटल लजको आकारको ठुलो कंक्रिट पक्की व्यावसायिक भवन निर्माण गरेको भन्दै विशेषमा मुद्दा दायर गरेको थियो । उक्त आरोपपत्रमाथि सुनुवाइ गर्दै विशेषले २०८१ असार १८ गते सफाइ दिएको थियो ।
यस्तै नापी कार्यालय, रुपन्देहीका नापी अधिकृत ध्रुवराज, यादव र सर्भेक्षक गुरौले रुपन्देहीको साबिक दूधराक्ष गाविसमा जग्गा नियमविपरीत कित्ता एकीकरण र गलत फाइल नक्सा तयार गरी सार्वजनिक कुलोको जग्गा व्यक्तिको नाममा गराएको भन्दै आरोपपत्र दायर भएको थियो । उक्त आरोपपत्रमाथि सुनुवाइ गर्दै विशेषले २०८० फागुन १७ गते उनीहरूलाई सफाइ दिएको थियो ।
आइतबार सर्वोच्चमा पुनरावेदन गर्दै अख्तियारले १० लाख ६५ हजार बिगो, दुई वर्ष ६ महिनादेखि चार वर्षसम्म कैद र घुसबराबर रकम जरिवाना हुनुपर्ने माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?
-
सुनसरीमा एकमहिने सिरुवा मेला सुरु