मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

म्यानमारमा भूकम्पका घाइतेकाे उपचार गरी फर्किएको टोलीलाई जंगी अड्डामा सम्मान

आइतबार, ३१ चैत २०८१, १६ : ५३
आइतबार, ३१ चैत २०८१

काठमाडौँ ।  म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी स्वदेश फिर्ता भएको नेपाली सेनाकाे टोलीलाई जंगी अड्डामा सम्मान गरिएको छ । म्यानमारमा विनाशकारी भूकम्पमा परेर घाइते भएकाहरुको उपचार गरी स्वदेश फर्किएको २३ जनाको टोलीलाई आइतबार सम्मान गरिएको हो । 

प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डीमा आयोजित एक कार्यक्रमका बिच सो टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निसान’ द्वारा सुशोभित गरेका थिए । 

सो टोली चैत २० गते म्यानमार प्रस्थान गरी चैत २९ स्वदेश फर्किएको थियो । सेनाको सो टोलीमा शल्यक्रिया विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकलहरु सहित खटिएको थियो ।  

सो टोलीले म्यानमारमा १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाडजोर्नीसम्बन्धी उपचार र ९६५ जना बिरामीहरुलाई ओपीडी सेवा प्रदान गरेको थियो । सम्मान कार्यक्रममा सेनाका बलाध्यक्ष, रथी तथा अधिकृतहरुको उपस्थिति रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप