मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

मोटर चलाउँदा र मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

आइतबार, ३१ चैत २०८१, १६ : ५०
आइतबार, ३१ चैत २०८१

विराटनगर । झापा र इलाममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

चैत्र ३० गते झापाको कनकाई नगरपालिका–१ का ६६ वर्षीय ताराबहादुर विश्वकर्माले आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाइते भएका थिए । उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

यसैगरी इलामको माई नगरपालिका–८ का ४६ वर्षीय मदनकुमार राई घरमा कोही नभएको अवस्थामा मोबाइल फोन चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत अवस्थामा फेला परेका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप