मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

न्युजिल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुँदै

आइतबार, ३१ चैत २०८१, १६ : ३६
आइतबार, ३१ चैत २०८१

अकल्याण्ड । न्युजिल्याण्डको अकल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुने भएको छ । न्युजिल्याण्ड नेपाल सोसाइटीले आयोजना गर्न लागेको यो कार्यक्रम शुक्रबार (अप्रिल १९) मा स्थानीय समय अनुसार दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

सोसाइटीका सहसचिव प्रमेश देवकोटाले कार्यक्रममा ५ हजारभन्दा बढीको सहभागिता हुने बताए । ‘न्युजिल्याण्डमा नेपालीहरू सहभागी हुने यो सबैभन्दा ठुलो कार्यक्रम हुनेछ,’ देवकोटाले भने । 

कार्यक्रममा नेपालको संस्कृति,सभ्यता खाना,संगीत र कलालाई अनुभव गर्ने अवसर हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा न्युजिल्याण्डका सांसददेखि स्थानीय नेताहरूको पनि सहभागिता रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप