पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो

बुटवल । भैरहवामा आजदेखि सुरु गर्ने तयारी गरिएको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण वर्षाका कारण सरेको छ। भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा आज दिउँसो १ बजेदेखि बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरिएको थियो ।
पानीका कारण खेलाडी फिल्ड जान नसकेको रुपन्देही क्रिकेट सङ्घका कोषाध्यक्ष निरजप्रताप खाँणले रातोपाटीलाई बताए । उनले भने, ‘आज पानीका कारण खेलाडीहरू होटेलबाट निस्केनन् । भोलिदेखि सुरु गर्ने योजनामा छौँ ।’
आगामी मे महिनामा हुने विश्वकप एसिया छनोट खेलको तयारी गर्न बन्द प्रशिक्षणका लागि २६ सदस्यीय महिला क्रिकेट टिम भैरहवा आएको हो। उनीहरूलाई रुपन्देही क्रिकेट सङ्घले गौतम बुद्ध विमानस्थलमा स्वागत गरेको थियो।
भैरहवामा यसअघि पुरुष राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण पनि भएको थियो। लगत्तै महिला टिमको बन्द प्रशिक्षण हुँदैछ। मे महिनामा थाइल्यान्डमा एसिया क्षेत्रको छनोट खेल हुँदैछ। यसअघि पहिलो चरणको बन्द प्रशिक्षण भइसकेको छ भने दोस्रो चरणको बन्द प्रशिक्षण भैरहवामा हुन लागेको हो।
इन्दु बर्माको कप्तानीमा रहेको राष्ट्रिय महिला क्रिकेट टिम वैशाख १७ गतेसम्म बन्द प्रशिक्षणमा रहने र प्रशिक्षणपछि थाइल्यान्ड प्रस्थान गर्ने रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधुनिक नेपाल एकीकरण अभियानका बडाकाजी अमरसिंह थापा
-
रातो मच्छिन्द्रनाथ रथारोहणका लागि तयारी तीव्र (तस्बिरहरु)
-
गणतन्त्र बलियो बनाउनु नै आजको आवश्यकता
-
२० करोड बराबरको यार्सागुम्बा निर्यात
-
सभापति देउवाद्वारा डङ्गोलको निधनप्रति दुःख व्यक्त
-
एनएसएल फाइनल : पोखराले रोक्न सक्ला साबिक विजेता ललितपुरको अपराजित यात्रा ?