मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

तीनकुनेको घरमा आगजनी गर्ने दुई जना पक्राउ

आइतबार, ३१ चैत २०८१, १५ : ५१
आइतबार, ३१ चैत २०८१

काठमाडौँ । पूर्वराजाको समर्थनमा चैत १५ मा भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुर्गा प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरूले आगजनी गरेको कारण प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रुपमा क्षति भएको थियो ।

आगजनीमा संलग्न आरोपमा प्रवीण जोशी र सुरज गौतम पक्राउ गरेका छन् । उनीहरूलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । 

रातोपाटीलाई प्राप्त भिडियो अनुसार आगजनी गर्दै एक जना आरोपीले भनेका छन्, ‘बल्यो बल्यो हाम्रो आन्दोलन रोकिने वाला छैन, दम भए रोकेर देखाऊ ।’ ती आरोपीले पूर्वराजा र रानीको फोटो प्रिन्ट गरिएको टिसर्ट लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप