२०८१ चर्चित ५ गीत : ‘म त ढलेँ ढलेँ’ र ‘दुश्मन हेरेको हेर्यै’ ततायो बजार
_pVLCco6LlD.png)
काठमाडौँं । वर्ष २०८१ नेपाली लोक, आधुनिकदेखि पप गीतसंगीतका लागि समेत सुखद् देखियो । यो वर्ष सार्वजनिक सबै विधाका गीतसंगीतले चर्चा मात्र पाएनन्, राम्रो आम्दानीसमेत गर्न सफल भए । गायक गायिकाले स्टेज कार्यक्रमसमेत प्रशस्तै पाए । अचेल गीतसंगीतको लोकप्रियता मापन युट्युबको भ्युजबाट गर्ने गरिन्छ । लोक, आधुनिकदेखि पपसम्म यस्ता छन् यो वर्षका उत्कृष्ट ५ भित्र पर्न सफल गीत ।
१) म त ढलेँ ढलेँ (७ करोड ९० लाख बढी भ्युज)
यो वर्ष निकै चर्चामा रहन सफल यो गीतमा गायिका शान्तारानी परियारको स्वर छ । टिकटक, फेसबुक रिल्सदेखि धेरै सामाजिक सञ्जालमा चर्चामा रहन सफल यो गीतका शब्द नेत्र अर्यालका हुन् ।
अहिलेसम्म ७ करोड ९० लाख बढी भ्युज पाएको यो गीतमा खेम सेञ्चुरीको मेलोडी, श्यामश्वेत रसाइलीको एरेन्ज छ । गीतको भिडियोमा पल शाह र जुना विश्वकर्मा फिचर्ड छन् । यही गीतका कारण गायिका परियारलाई यो वर्ष स्टेज कार्यक्रम भ्याइ नभ्याइ भएको थियो ।
२) बार्दली (७ करोड ३१ लाख भ्युज)
सुशान्त केसीको शब्द, संगीत र स्वर रहेको ‘बार्दली’ गीत युवापुस्तामा निकै लोकप्रिय छ । गीत गायनमा केसीलाई इन्द्रकला राईले पनि साथ दिएकी छन् । यस वर्ष यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत रहन सफल भयो । गीतको भिडियोमा सुशान्तसँगै इन्द्रकला राई, निश्चल बस्नेत, स्वस्तिमा खड्का र सृष्टि श्रेष्ठ लगायतको अभिनय छ ।
३) दुश्मन हेरेको हेर्यै (६ करोड १७ लाख बढी भ्युज)
दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्यै’ पछिल्लो समय निकै चर्चित छ । युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत परेको गीतमा दुर्गेशको आफ्नै शब्द तथा संगीत छ । गायनमा दुर्गेशलाई दुई चर्चित गायिकाहरू समीक्षा अधिकारी र एलिना चौहानको स्वर साथ दिएका छन् । आनन्द कार्कीको समेत स्वर रहेको गीतको भिडियोमा दुर्गेशसँगै प्रियंका कार्की, कविता नेपाली लगायत फिचर्ड छन् ।
४) मायालाई पानको पात (३ करोड ६७ लाख बढी भ्युज)
खेम सेन्चुरी र दीपिका वयामु मगरको स्वर रहेको यो गीत पनि यस वर्षको चर्चित गीतमा पर्छ । युट्युबमा अहिलेसम्म ३ करोड ६७ लाख बढी भ्युज पाएको गीत टिकटकदेखि अन्य सामाजिक सञ्जालमा पनि प्राथमिकतामा परेको थियो । गीतमा संगीत खेम सेन्चुरीकै छ । गीतको भिडियोमा पल शाह र मोडल अञ्जना पुनः मगरको अभिनय छ ।
५)स्पर्श संगीत (३ करोड ३५ लाख बढी भ्युज)
पूर्ण राईको शब्द, संगीत र स्वर रहेको ‘स्पर्श संगीत’ बोलको गीत यस वर्ष धेरै रुचाइएको गीतमा पर्छ । गीतमा सुसन कार्की गितार, देगोश राई बेस, सुमेक योन्जन ड्रम र रुवेन गुरुङले भायोलिनमा साथ दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?
-
हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास
-
च्याम्पियन्स लिग सेमिफाइनल : रियल र बायर्नसम्मको बिचल्ली, चारभित्र सबै टोली फरक राष्ट्रका
-
जीवनराम श्रेष्ठको नेतृत्वलाई आइओसीले दियो मान्यता
-
रवीन्द्र मिश्र र धवल शमशेरको रिहाइको लागि राजनीतिक र कानुनी लडाई जारी राख्ने राप्रपाको निर्णय