मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

युक्रेनको सुमी सहरमा रुसी मिसाइल आक्रमण, २१ जनाको मृत्यु

आइतबार, ३१ चैत २०८१, १५ : ३३
आइतबार, ३१ चैत २०८१

कीएभ । युक्रेनको उत्तर–पूर्वी सहर सुमीमा गरिएको रुसी मिसाइल हमलामा परेर कम्तीमा २१ जनाको मृत्यु भएको छ । आइतबार सर्वसाधारण चर्चमा भेला भएको बेला यो आक्रमण भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका हुन् ।

‘रुसी मिसाइल हमलामा परेर धेरैको मृत्यु भएको छ,’ सुमीका कार्यवाहक मेयर आर्टेम कोबजारले मृतकको संख्या पुष्टि गर्दै भने । मिसाइलले पामस्थित सिटी सेन्टरमा लागेको थियो । 

सो क्षेत्रको सेना प्रमुख भ्लोदोमिर आर्टियुखले सिटी सेन्टरमा दुईवटा ब्यालिस्टिक मिसाइल प्रहार गरिएको जानकारी दिए । उनले भने, ‘त्यतिबेला धेरै मानिसहरू सडकमा हिँडिरहेका थिए,’ उनले भने, ‘दुस्मनले धेरै मानिसहरूलाई मार्ने लक्ष्यले नै मिसाइल प्रहार गरेको देखिन्छ ।’

पछिल्ला केही दिनमा रुस सुमी क्षेत्रमा हवाई र मिसाइल आक्रमण तीव्र पारेको छ । रुसले आफ्नो कुर्सक क्षेत्रमा प्रवेश धेरै युक्रेनी सेनाहरुलाई पनि पछि हट्न बाध्य बनाएको छ । यसका साथै युक्रेनको सुमीका केही स्थानमा कब्जा जमाउन पनि सफल भएको छ ।

सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप