खैरो हेरोइन सहित समातिएका आरोपी ट्याक्सीबाट ओर्लिएर फरार
आइतबार, ३१ चैत २०८१, १५ : १९

काठमाडौँ । लागु औषध खैरो हेरोइन सहित पक्राउ परेका आरोपी भागेका छन् । शनिवार ललितपुरको हात्तीवनस्थित मेरो सिटी अपार्टमेन्टबाट पक्राउ परेका २६ वर्षीय प्रमोद शर्मा (ठाकुर) ट्याक्सीबाट ओर्लिएर एकाएक फरार भएका हुन् ।
प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले उनलाई अपार्टमेन्टको सी ब्लकको तेस्रो तलाको ३०२ नम्बर कोठाबाट पक्राउ गरेको थियो । सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ घर भएका ठाकुर महाराजगन्जतर्फ लैजाँदै गर्दा बाटोबाटै फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
उनको साथबाट प्रहरीले २७ ग्राम ब्राउन सुगर बरामद गरेको छ । सो अपार्टमेन्टबाट मोरङ घर भएर काठमाडौँ बस्ने डेनिसा तामाङ र २१ वर्षीया दिव्य शाही पनि पक्राउ परेका छन् ।
फरार आरोपी शर्माको खोजी तीव्र पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक