राष्ट्र बैंकले पेन्सन कोषको ९७ करोड लगानी गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रस्ताव गरेको छ ।
आइतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले उक्त कोषको ९७ करोड रुपैयाँ इजाजतप्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई प्रस्ताव गरेको हो ।
यसमध्ये क वर्गका वाणिज्य बैंकमा ७७ करोड ७६ लाख रुपैयाँ, ख वर्ग स्तरका विकास बैंकमा १४ करोड ५५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ४ करोड ८५ लाख रुपैयाँ लगानी गर्न योग्य रकम रहेको जनाएको छ ।
उक्त लगानी योग्य रकम प्राप्त गर्नका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा हुनुपर्ने जनाइएको छ ।
साथै बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको साथै निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खूद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक