नेपाल कृषि इन्जिनियर्स सोसाइटीको अध्यक्षमा चन्द निर्वाचित

काठमाडौँ । नेपाल कृषि इन्जिनियर्स सोसाइटीको अध्यक्षमा इन्जियर डा.जित चन्द निर्वाचित भएका छन् । सोसाइटीको उपाध्यक्षमा इन्जियर डा.आनन्द मिश्र, सचिवमा इन्जियर सुवास अधिकारी, सहसचिवमा इन्जियर समिर श्रेष्ठ, कोषाध्यक्षमा इन्जियर सन्देश राई, सदस्यमा इन्जियर डा.शिवकुमार झा, इन्जियर संगीता श्रेष्ठ र इन्जियर सुरज थापा निर्वाचित भएका छन् । यो कार्यसमितिको पदावधि दुई वर्षको रहनेछ ।
विज्ञान र टेक्नोलोजीको तीव्र विकास भइरहेको सन्दर्भमा कृषिलाई इन्जिनियरिङ र प्रविधिसँग जोड्दै थप वैज्ञानिक बनाउने अभियानमा नेपाल कृषि इन्जिनियरिङ सोसाइटीले नेतृत्वदायी भूमिका खेल्ने गरेको छ ।
‘कृषिको समग्र दिगो विकासका लागि यान्त्रीकरण, सिँचाइ, भूमि व्यवस्थापन, पोस्ट–हार्भेष्ट इन्जिनियरिङ, कृषिमा नवीकरणीय ऊर्जाको प्रयोग, भू तथा जलाधार व्यवस्थापन, गुणस्तरयुक्त कृषि पूर्वाधारहरूको विकास र सञ्चालन आदि कार्यमा समाजले रचनात्मक योगदान दिनेछ,’ नवनिर्वाचित अध्यक्ष चन्दले भने, ‘साथै, कृषि इन्जिनियरिङ पेसा थप आकर्षक, प्रभावकारी र व्यावसायिक बनाई नेपाली युवाहरूलाई कृषिको माध्यमबाट देशको दिगो विकासमा योगदान पुर्याउन सक्षम बनाउने कार्यमा सोसाइटीले सरोकारवालाहरूसँग समन्वय गर्दै अगाडी बढ्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने