बक्स अफिसमा राम्रो प्रदर्शन गर्दै सनीको ‘जाट’

मुम्बई । बलिउड अभिनेता सनी देओलको नयाँ चलचित्र ‘जाट’ हाल सिनेमा घरहरुमा प्रदर्शन भइरहेको छ । चलचित्रले सबैतिरबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । सनीले यस चलचित्रमार्फत पहिलोपटक दक्षिण भारतका कुनै निर्देशकसँग काम गरेका हुन् ।
यस चलचित्रमा उनको भूमिकालाई दर्शकहरूले मन पराइरहेका छन् । उनका फ्यानहरू ट्रयाक्टरमा चढेर फिल्म हल पुग्दै यो एक्सनले भरिपूर्ण चलचित्रको मजा लिइरहेका छन् ।
चलचित्रले पहिलो दिन नै बक्स अफिसमा ११.६ करोड भारतीय रुपैयाँ कमाएको थियो । यो सनीको करियरको दोस्रो ठुलो ओपनिङ थियो । दोस्रो दिन भने चलचित्रको आम्दानीमा कमी देखियो । योसँगै चलचित्रले दुई दिनमा कूल २०.१ करोड कमायो । तर, सप्ताहको अन्त्यमा चलचित्रको कमाइमा वृद्धि हुने देखिएको छ ।
साकनिल्कको रिपोर्टअनुसार चलचित्रले तेस्रो दिन शनिबार १० करोड रुपैयाँ कमाएको छ । योसँगै चलचित्रको कूल आम्दानी ३०.१ करोड पुगेको छ । यद्यपि, यो अन्तिम आँकडा भने होइन ।
रिपोर्टका अनुसार तेस्रो दिन चलचित्रको कमाइ ३९.८४ प्रतिशतले वृद्धि भएको छ । यो चलचित्रको क्रेज उत्तर भारतमा भन्दा दक्षिण भारतमा बढी देखिएको छ । –आजतकबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?
-
ठूला परियोजना सञ्चालनको तयारीमा छौँ : अध्यक्ष ढकाल
-
नयाँ वर्षको पहिलो दिन जाजरकोटमा भूकम्प