अस्पतालको शिलान्यास गर्दै ओलीले भने- निर्माणपछि भारतका जनतालाई समेत उपचार सुविधा दिन सकिन्छ

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन् । नगरपालिकाको वडा नं १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उनले शिलान्यास गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनतालाई समेत उपचारको सुविधा दिनसक्ने बताए । आवश्यकता आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेकोे बताए ।
मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यावसायिकता र रोजगारीमा लाग्न प्रधानमन्त्रीले आग्रह गरे।
दुई बिघामा रु १२ करोड ५९ लाख ७९ हजार ४९६ को लागतमा २०८३ साल माघ १४ भित्र बन्नेगरी जे एण्ड जे निर्माण सेवासँग सम्झौता भएको छ । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ श्ययाको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकामा जग्गाप्राप्तिमा विलम्ब भएका कारण गौरादहमा अस्पताल भवन निर्माण सुरु हुन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : प्रचण्ड
-
दुर्गा प्रसाईँको प्रहरीलाई छक्काउने योजना यसरी भयो विफल
-
तस्कर गिरोहबीचको विवादले चलेको थियो सुनसरीमा गोली
-
कौरा नृत्यमा छमछमी नाचे विदेशी पर्यटक
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी