सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

आइतबार, ३१ चैत २०८१, १२ : ४०
आइतबार, ३१ चैत २०८१

काठमाडौँ ।  प्रहरीले  लागूऔषधसहित विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ । काठमाडौँ, ललितपुर, सुनसरी लगायतका जिल्लाबाट १७ जना पक्राउ परेका हुन् ।  काठमाडौँ महानगरपालिका–१३ बाफलबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, नोर्फिन ४ एम्पुल र प्रोमेथाजाइन हाइड्रोक्लोराइड ४ एम्पुलसहित नागार्जुन नगरपालिका–७ हसनटार बस्ने लमजुङ बेसीसहर नगरपालिका–२ घर भएका ३० वर्षीय सन्दिप बोहरालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले बा.प्र.०२–०३१ प ९१३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । त्यस्तै ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित मेरोसिटी अपार्टमेन्टको ब्लक सी को कोठा नम्बर ३०२ बाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब २७ ग्राम र नगद ९० हजार रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ बेलवारी नगरपालिका–८ घर भई काठमाडौँ कपन बस्ने २० वर्षीया प्रमिला तामाङ र विराटनगर महानगरपालिका–११ घर भई काठमाडौँ पुरानो बानेश्वर बस्ने २१ वर्षीया सोनाम साह रहेका छन् ।  शनिबार बेलुका प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले अपार्टमेन्टको उक्त कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

त्यसैगरी मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ६१ मिलिग्रामसहित धनुषा महेन्द्रनगर घर भई बारा जीतपुर सिमरा उपमहानगरपालिका–३ बस्ने २९ वर्षीय जुनेत अन्सारी भन्ने महमद अब्द खान समेत ३
जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको छ ।

उता सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बिजला टोलबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय अभिषेक कुमार चौधरी र रामधुनी नगरपालिका(३ बस्ने २२ वर्षीय मनिष तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ६ ढलान रोडबाट  लागूऔषध ट्रामाडोल १ हजार ४ सय १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १४ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

त्यस्तै तेह्रथुमको म्याङलुङ नगरपालिका–७ लाक्चाम टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट र स्पास्मिड ४ सय ट्याब्लेट सहित सोही नगरपालिका–८ कोबेक बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जिरी खिम्तिबाट खटिएको प्रहरीले जिरीबाट मोराहाङतर्फ जाँदै गरेको को.३८ प ५०९५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

उता कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित गोदावरी नगरपालिका–१० बस्ने २३ वर्षीय महेश बोगटीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब २ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर कृष्णपुर नगरपालिका–७ बस्ने २९ वर्षीय मनोज राना र २९ वर्षीय सोहन राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गौरीगंगा नगरपालिका–३ कुचैनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीकै धनगढी उपमहानगरपालिका–२ बाट  लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित गोदावरी नगरपालिका–२ बस्ने २१ वर्षीय अमिश सार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीकै जानकी गाउँपालिका–३ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र २२ वर्षीय राकेश डगौरा थारू
रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप