लेखक लाठले ल्याए गैरआख्यान ‘सीमान्त सम्झना’

काठमाडौँ । आख्यानकार गणेशप्रसाद लाठ अब गैरआख्यानकारका रूपमा उदाएका छन् । यसअघि चारवटा उपन्यास लेखिसकेका उनले ‘सीमान्त सम्झना’ नामक संस्मरण पुस्तक लेखेका हुन् । शनिबार एक कार्यक्रमका बिच पुस्तक लोकार्पण भयो । एलएलबी चौथो सेमेस्टर अध्ययनरत अदिति साह र गत वर्ष मदन पुरस्कारप्राप्त कृति ‘मुकाम रणमैदान’का लेखक मोहन मैनालीका साथै पुस्तकका टिप्पणीकार यादव देवकोटासहित लेखक लाठले पुस्तक लोकार्पण गरे ।
लोकार्पित पुस्तक ‘सीमान्त सम्झना’बारे लेखक यादव देवकोटाले टिप्पणी गरे । इतिहास र संस्कृति विषयमा कलम चलाउँदै आएका टिप्पणीकार यादव देवकोटाले भने, ‘म सहरमा आलोचक यदाकदा निन्दकका रूपमा चिनिन्छु तर म आज यही ‘बाट एकमुष्ट रूपमा भन्न चाहन्छु ’सीमान्त सम्झना’ जस्ता राम्रा पुस्तक लेखे सारा मानिस धुइरिएर नराम्रो छ भन् भने पनि म यो पुस्तक ज्ञानवर्धक र पठनीय छ भन्छु ।’
वीरगन्जकै अर्का लेखक धच गोतामेको उपन्यास ‘घामका पाइलाहरू’बाट आफ्नो मन्तव्य सुरु गरेका देवकोटाले ‘सीमान्त सम्झना’ले सरदार भीमबहादुर पाँडेले लेखेको ’त्यस बखतको नेपाल’कै स्तरमा वीरगन्ज सहरको सामाजिक, आर्थिक इतिहास लिपिबद्ध गरेको बताए । उनले भने, ‘त्यस बखतको वीरगन्ज बुझ्न यो पुस्तक पढ्नैपर्छ ।’
‘सीमान्त सम्झना’ पुस्तक कोरा कल्पनामा आधारित नभएको र आत्मश्लाघाबाट पनि मुक्त रहेको देवकोटाले टिप्पणी गरे । उनले भने, ‘सयौँ व्यक्तिसित कुराकानी गरेर लेखिएको, दर्जनौँ पुस्तक, लेखरचना उद्धृत गरी लेखिएको अनि दुर्लभ फोटोहरु पनि यहाँ प्रस्तुत गरिएको हुँदा सीमान्त सम्झना अनुसन्धानमूलक खजाना हो ।’
संयोगले आफू गोरखाकै भएको तर गोर्खाली राष्ट्रवादले गणेशप्रसाद लाठजस्ता लेखकलाई लेखकका रूपमा स्वीकार गर्न कन्जुस्याइँ गर्ने गरेको पनि उनले बताए । पुस्तकमाथि टिप्पणी गर्दै देवकोटाले भने, ‘एकेडेमीहरुले छाप्नुपर्ने किताब नेपालयले छापेकामा बधाइ छ ।’
पुस्तकका लेखक गणेशप्रसाद लाठ वीरगन्जमा बस्छन् । ‘क्षमादान’ उपन्याससहित यसअघि उनका चार पुस्तक प्रकाशित छन् । लाठ आध्यात्मिक साधक पनि हुन् ।
आफूहरुले ‘सीमान्त सम्झना’मा साहित्यको रसिलो शैली र गैरसाहित्यको शोध शैली संयुक्त रूपमा भेटेको हुँदा पुस्तक प्रकाशन गरेको पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले बताए । ‘सीमान्त सम्झना शोधपत्र र सोचपत्र दुवै हो,’ सम्पादक आचार्यले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वत र आयोजक बने प्रथम एलिट भलिबल कपको च्याम्पियन
-
नयाँ वर्षमा स्वयम्भूमा चहलपहल (तस्बिरहरु)
-
नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्यो ‘सिद्धार्थ होटेल चितवन’
-
कर्तव्य ज्यान कसुरका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ
-
१३ दिनदेखि शिक्षकहरू सडकमै, विद्यार्थी भर्ना अभियान ‘भगवान् भरोसा’
-
मधेश प्रदेश : अवैध उत्खनन, खुला सिमाना तस्करी र दुर्व्यसनीको चपेटामा