सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आइतबार, ३१ चैत २०८१, १२ : १३
आइतबार, ३१ चैत २०८१

काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । भोजपुर, तनहुँ, कास्की लगायत जिल्लामा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको हो ।

 भोजपुरको भोजपुर नगरपालिका–३ सेतीबगरस्थित सडकमा बोखिमबाट छिनामखुतर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका–५ बस्ने ५२
वर्षीय निरप्रसाद फुयाल र ५५ वर्षीय भक्तबहादुर थापाको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै तनहुँको ब्यास नगरपालिका– ५ मोचाबारीस्थित सडकमा ग.१ ख ५८७५ नम्बरको टिपर र ग.२५ प ५५२ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक ब्यास नगरपालिका–५ माथिल्लो पाटन बस्ने ३० वर्षीय मनिष आलेमगरको मृत्यु भएको छ ।
शनिबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनालाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको
छ । हाल फरार टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उता, कास्कीको पोखरा महानगरपालिका–६ बुलौदीस्थित सडकमा हल्लन चोकबाट जिरोतर्फ जाँदै गरेको ग.१३ प. ५९९८ नम्बरको मोटरसाइकल आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार पोखरा बस्ने लमजुङ घर भएका २९ वर्षीय बुदी गुरुङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यता, काभ्रेको मण्डनदेउपुर नगरपालिका– २ ठकुरी गाउँस्थित निर्माणाधीन मिस्टिक माउन्टेन होटलको कम्पाउन्डमा बा।२ क ३४६४ नम्बरको टिपर बालुवा अनलोड गर्ने क्रममा करिब ७ मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३१ वर्षीय विनोद घोरासैनीको घटनास्थलमै मृत्यु भएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप