सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
समाचार

२८ दिनपछि नागढुंगा सुरुङ मार्गमा प्रहरी परिचालन गरी निर्माण थालियो

आइतबार, ३१ चैत २०८१, ११ : १९
आइतबार, ३१ चैत २०८१

काठमाडौँ । २८ दिन पछि नागढुंगा सुरुङमार्ग निर्माण थालिएको छ । स्थानीयहरूको अवरोध नहटेपछि प्रहरी परिचालन गरी निर्माण थालिएको आयोजनाले जनाएको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले स्थानीयहरू सहमतिमा आउन नमानेपछि प्रहरी परिचालन गरी निर्माण थालिएको बताए ।

‘उहाँहरूको माग पुरा गर्ने भन्दा पनि सहमतिमा आउन मान्नुभएको थिएन,’ उनले भने, ‘सुरक्षाका लागि अहिले प्रहरी परिचालन गरी काम अघि बढाइएको छ । करिब १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि निर्माण कार्य सुरु गरेका छौँ ।’

गत चैत ३ गते चन्द्रागिरि नगरपालिका २ का स्थानीयहरूले निर्माणमा अवरोध गरेका थिए । चर्किएका घरको उचित क्षतिपूर्ति दिनुपर्ने, निःशुल्क खानेपानीको व्यवस्था गर्नुपर्ने, योग्यता र क्षमताका आधारमा प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राख्दै स्थानीयले काममा अवरोध गर्ने गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप