कतारमाथि एक रनको रोमाञ्चक जित हासिल गर्दै हङ्कङ तेस्रो

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा आयोजक हङ्कङ तेस्रो भएको छ । तेस्रो स्थानका लागि आइतबार खेलिएको खेलमा हङ्कङले कतारमाथि एक रनको रोमाञ्चक जित हासिल गर्यो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८८ रन बनाएको थियो । हङ्कङका लागि ओपनर ब्याट्सम्यान अन्शी रथले सर्वाधिक ९७ रनको योगदान गरे ।
प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका उनी केवल तीन रनका कारण शतक पुरा गर्नबाट चुके । उनले केवल ६० बलको सामना गरी तीन छक्का र १० चौका पनि हिर्काए । निजाकत खानले पनि २७ रन बनाए ।
जवाफी ब्याटिङमा ओर्लिएको कतारले भने निर्धारित ओभरमा पाँच विकेट गुमाए एक सय ८७ रनमात्र बनाउन सक्यो । जितको अत्यन्तै नजिक पुगेर पनि कतार तेस्रो स्थान हासिल गर्नबाट चुक्यो । कतारका लागि कप्तान इक्रमुल्लाह खानले ५५ रन बनाए । साहजेब जमिलले पनि ४४ रन बनाए । जासिम खान २० रनमा अविजित रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी यू–१९ विश्वकप छनोट : युवराजको फाइफरसामु निरीह बन्यो ओमान
-
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
-
पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
-
नयाँ वर्षमा ‘हेल्लो काँशीराम’ को टिजर सार्वजनिक
-
कृषिमा आत्मनिर्भरता, आधुनिकीकरण र व्यवसायीकरणतर्फ केन्द्रित छु : मन्त्री अधिकारी
-
सलमानलाई फेरि ज्यान मार्ने धम्की, कारलाई बमले उडाउने सन्देश