सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

अमेरिकी हवाई आक्रमण र गाजा युद्धको विरोधमा यमनमा हजारौँको र्‍याली

आइतबार, ३१ चैत २०८१, १० : ५२
आइतबार, ३१ चैत २०८१

साना । यमनमा अमेरिकी हवाई आक्रमण र गाजामा इजरायलको आक्रमणको विरोधमा यमनको राजधानी सानामा दशौं हजार यमनीहरूले सामूहिक र्याली निकालेका छन् ।  उत्तरी यमनको धेरैजसो भाग नियन्त्रण गर्ने हुथी नेता अब्दुलमलिक अल–हुथीले यो र्याली आह्वान गरेका थिए ।

बासिन्दा र हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार अमेरिकी सेनाले शहर र वरपरका धेरै स्थानहरूमा ११ वटा हवाई आक्रमण गरेको केही घण्टापछि मध्य सानाको अल–सबीन स्क्वायरमा र्याली आयोजना गरिएको थियो । र्यालीको क्रममा प्रदर्शनकारीहरूले यमन र प्यालेस्टाइनको झण्डा बोकेका थिए । अमेरिकी हवाई आक्रमणको निन्दा गर्दै नारा लगाएका थिए । 

उनीहरूले अन्तर्राष्ट्रिय समुदायलाई गाजामाथिको युद्ध अन्त्य गर्न र इजरायललाई अति आवश्यक खाद्यान्न र औषधिलाई क्षेत्रमा प्रवेश दिन दबाब दिन पनि आह्वान गरेका छन् । 

यमनमा, हुथी नियन्त्रित स्वास्थ्य अधिकारीहरूका अनुसार मार्चको मध्यदेखि राजधानी साना र अन्य धेरै उत्तरी प्रान्तहरूमा अमेरिकी हवाई आक्रमणमा हालसम्म १०७ भन्दा बढी यमनी नागरिकहरू मारिएका छन् । जसमा धेरैजसो बालबालिका र महिलाहरू छन् भने २२३ भन्दा बढी घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप