सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

धनुषा र अछाममा एमाले जिल्ला अधिवेशन बाँकी

आइतबार, ३१ चैत २०८१, १० : ३७
आइतबार, ३१ चैत २०८१

काठमाडौँ । ७७ मध्ये नेकपा एमालेका २ वटा जिल्ला अधिवेशन गर्न अझै बाँकी रहेको छ । पछिल्लो समय सिराहा र सप्तरीको जिल्ला अधिवेशन भएसँगै अव धनुषा र अछाम जिल्ला अधिवेशन बाँकी रहेको एमाले केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए ।

उनका अनुसार धनुषा जिल्लाको अधिवेशन वैशाख २० लाई तोकिएको छ भने अछाममा वैशाख १२, १३ र १४ गते निर्धारण भएको छ । ७७ मध्ये सप्तरी, सिराहा, धनुषा र अछाम गरी चारवटा जिल्ला कमिटीले म्याद गुजारेका छन् । 

सिराहा जिल्लाको अधिवेशन शनिबार सकिँदा सप्तरीको शनिबारै सुरु भएको थियो । सिराहामा अशोक यादवको नेतृत्वमा त्यहाँ १३५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको निर्वाचन आयोग प्रमुख सुब्बाले जानकारी दिए । 

नेकपा एमालेले २०८१ को सुरुबाटै जिल्ला अधिवेशन गर्न सुरु गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप