सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

आईसीसी यू१९ विश्वकप छनोट : मैदान नसुकेपछि नेपाल र यूएईबिचको खेलमा ढिलाइ

आइतबार, ३१ चैत २०८१, १० : २८
आइतबार, ३१ चैत २०८१

काठमाडौँ । आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिता आइतबारदेखि नेपालमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन दुई खेल हुँदै छ । दुबै खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा हुनेछ । 

पहिलो दिनको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ । अर्को खेल ओमान र अफगानिस्तानबिच खेलिने छ । 

नेपाल र यूएईबिचको खेल तल्लो मुलपानी मैदानमा खेलिने छ । अफगानिस्तान र ओमानबिचको खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेलिने छ । ओमानले टस जिती अफगानिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।

नेपाल र यूएईबिचको खेलमा भने टस हुन सकेको छैन । तल्लो मुलपानी क्रिकेट मैदानको आउट–फिल्ड भिजेकाले टसमा विलम्ब भएको बताइएको छ । शनिबारको वर्षाका कारण भिजेको आउट–फिल्ड अहिले सुकाउने काम भइरहेको छ ।

601b9b69-f70c-4160-9634-314f1b89ea07da129971-7d12-4dd0-afa8-27d379e0f052

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप