कांग्रेससँग मिलेर चुनाव लड्दा पनि पीएससँग हारे खगराज, कास्की रेडक्रसमा खड्का विजयी

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सभापतिमा उर्मिला खड्का भण्डारी निर्वाचित भएकी छिन् । उनले निकटतम प्रतिस्पर्धी कृष्ण तिमिल्सिनालाई मात्र १ मतले हराएर सभापति चुनिएकी हुन् । खड्काले १२७ मत ल्याउँदा तिमिल्सिनाले १२६ मत पाए ।
महिला उपसभापतिमा रमा न्यौपाने कोइरालाले निकटतम प्रतिस्पर्धी रमा त्रिपाठीलाई पराजित गरिन् । कोइरालाले १४२ र त्रिपाठीले १०५ मत पाइन् । खुला उपसभापतिमा सुरेन्द्र गुरुङ ९ मतको अन्तरले विजयी भए । गुरुङले १२९ भोट प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी खेमराज सापकोटाले १२० मत पाए ।
मन्त्रीमा सन्तोष अधिकारी १३३ मत सहित विजयी हुँदा रमेशराज भण्डारीले ११४ मत ल्याए । कोषाध्यक्षमा मोहन सिंह खड्का १२८ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी विष्णुप्रसाद भण्डारी ११९ मत पाउन सफल भए ।
उपमन्त्रीमा १२२ मत सहित डिल्लीराम बराल विजयी भए भने उपकोषाध्यक्षमा कालिदास सापकोटा १२९ मत ल्याएर विजयी भए । खड्काको प्यानललाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थन थियो भने तिमिल्सिनाको प्यानललाई पूर्वमुख्यमन्त्री खगराज अधिकारीसहित कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले समर्थन गरेका थिए ।
यद्यपि चुनावमा कांग्रेस र एमाले दुवै विभाजित भएका थिए । कांग्रेसका सचिव भानु ढकालसहितको टोलीले खड्काको टिमलाई समर्थन गरेको थियो । पछिल्लो समय पीएस–खगराज हरेक निर्वाचनमा आमनेसामने छन् । एकअर्काका प्रतिस्पर्धी मात्रै नभएर एकअर्कालाई सकेसम्म पराजित गराउने खेलमा उनीहरू लाग्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या
-
गभर्नर विवादको रिट न्यायाधीशद्वय पौडेल र निरौलाको इजलासमा
-
अमेरिकी डिपोर्टी समेतका भेनेजुएली बन्दी साट्न एल साल्भाडोरको प्रस्ताव
-
रास्वपाका लुम्बिनी प्रदेश सभापति पाठक राजतन्त्रकै पक्षमा उभिएका हुन् ?
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश फुयालको इजलासमा
-
ट्रेड टावरको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन