रामप्रसाद खनालको नयाँ गीत 'बाँकी छ हेर' सार्वजनिक

अमेरिका । लोक तथा दोहोरी गायक रामप्रसाद खनालले नयाँ गीत 'बाँकी छ हेर' सार्वजनिक गरेका छन् । गीतमा थानेश्वर गौतमले सङ्गीत गरेका छन् भने बीबी अनुरागीले सङ्गीत संयोजन गरेका छन् ।
१८ वर्ष देखि अमेरिकामा बस्दै आएका खनालले हरेक वर्ष अमेरिका बाटै पनि एल्बमहरू निकाल्दै आएका छन् । लोकगीत, सङ्गीत र दोहोरी गीतका क्षेत्रमा चार दशक यता सक्रिय खनालको यो गीत 'बाँकी छ हेर' माया प्रेममा आधारित गीत छ ।
खनाल आफैले पनि अभिनय गरेको यो गीतमा उनले यस पटक अहिलेको नयाँ पिँडीका चर्चित दुई मोडेल सरोज प्रजा र सोनी विश्वकर्मालाई पनि समावेश गरेका छन् ।
सुरेन्द्र बसेलले निर्देशन गरेको म्युजिक भिडियोमा पुष्कर पन्त सहित विभिन्न एक दर्जन भन्दा बढी कलाकारहरूले अभिनय र नृत्य गरेका छन् । राकेश दाहालले सम्पादन गरेको खनालको यो म्युजिक भिडियो देव दोर्जे लामाले छायाङ्कन गरेका थिए भने बबिता पोखरेलले नृत्य निर्देशन गरेकी थिइन । गीत प्रिज्मामा रेकर्ड गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केटी पेरीसहित महिलाहरूको समूह अन्तरिक्ष यात्रामा जाँदै
-
कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै
-
वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित
-
राजनीतिक हस्तक्षेप र स्वार्थको मारमा ‘घरेलु ओलम्पिक’
-
नेपाली खेलकुदमा दिनेभन्दा पनि लिने प्रवृत्ति हाबी छ
-
राष्ट्रिय खेलकुद खेलाडीका लागि कि पदाधिकारीका लागि ?