सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

आइतबार, ३१ चैत २०८१, ०६ : ५२
आइतबार, ३१ चैत २०८१

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको सुरु र अन्तको समय राम्रो रहेकोले पारिवारिक यात्रा हुनेछ भने यात्राका क्रममा विभिन्न मनमोहक दृश्यहरू मन मुटुमा कैद गर्न सकिनेछ । खानपान, मनोरञ्जन तथा घुमफिरमा समय व्यातित हुनेछ । पर्यटन तथा होटल व्यवसाय अगाल्नेहरुले धन आर्जन गर्न सक्नेछन् । सबैजना सहभागी हुने व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । धार्मिक तथा शैक्षिक गतिविधिमा सहभागी हुने पाउँदा मन हर्षित हुनेछ ।  बुधबार र बिहीबारको समय मध्यम रहेकोले स्वास्थ्यले साथ नदिने हुनाले दौडधुप नगर्नु होला । न्यायिक निर्णयहरू तपाईँको पक्षमा फैसला नहुन सक्छ । अध्ययनमा मन नजाँदा वा अल्छी गर्नाले नतिजा अरूले नै हात पार्नेछन् । ऋण, रोग तथा शत्रुको सामान गर्नुपर्दा मन खिन्न हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विगतका कमजोरीहरूलाई सुधार गर्दै सफलताको मार्गमा पाइला चाल्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साथीभाईहरुबाट बधाईको ओइरो आउनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा बिलासी बस्तुको उपयोग मार्फत अरूको मन आफूनिर तान्न सकिनेछ । परिवारका साथ छोटो दुरीको यात्राको तय गरी मनोरञ्जन तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।  प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । साताको अन्त अर्थात शुक्रबारबाट समय मध्यम रहेकोले आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) मन परेको मानिसबाट बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । उद्योग, व्यापार तथा शेयर बजारमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । शुभ चिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । अदालत तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको योग रहेको छ । परिवारका साथ मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साताको समय राम्रो रहेकोले शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे आम्दानी हुनेछ । सन्तान वृद्धिको योग रहेको छ धने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शास्त्र तथा अध्यात्म ज्ञानमा विशेष चासो बढ्नेछ । प्रेम गर्ने जोडीहरूले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागी समयले साथ दिनेछ भने उपहार पाइने हुनाले मन प्रसन्न हुनेछ । बैङ्किङ क्षेत्र तथा सेयर बजारमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । परिवारका साथ नयाँ ठाउको भ्रमण गरी मनोरञ्जन गर्न सकिनेछ । खानपान तथा यात्रामा अधिकांश समय व्यातित हुनेछ । साताको अन्ततिर न्यायालबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा फैसला हुनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साताको सुरु र अन्तको समय राम्रो रहेकोले समय राम्रो रहेकोले थोरै समयमा उपलब्धिमूलक कामहरू बन्नेछन् । परिवारका साथ खानपान, मनोरञ्जन तथा यात्रामा समय व्यातित हुनेछ । प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरू बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पत्ति हात लागी हुनेछ । पढाइ लेखाइकै सन्द्रर्भमा लामो दुरीको यात्रा हुनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा गरिने लगानी फस्टाएर जानेछ भने नोकरीमा पदोन्नति हुने योग रहेको छ । सन्तान तथा आफन्तको सहयोग पाउँदा मन प्रसन्न हुनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यवहार गर्नुहोला, समर्थन नपाइन सक्छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साताको सुरुमा छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । घरपरिवारका साथ मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजबुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ । साताको अन्त अर्थात शुक्रवार र शनिवारको समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथीभाइबाट टाढिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरू सक्रिय भएर लाग्नेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय राम्रो रहेकोले अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ भने यात्राको प्रबल योग रहेको छ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मुल्याङकन हुनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । विवादित विषयहरूको नतिजा तपाई आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला,  साहित्य,  मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) साताको  समय राम्रो रहेकोले प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ भने प्रविधिको प्रयोग मार्फत थप ज्ञान आर्जन गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र, मन पर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ । काम वा कामको सिलसिलामा लामो दुरीको यात्रा तय हुनेछ । स्वास्थ्य सामाग्री तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विदेशमा उत्पादित सामानको व्यापारबाट मनग्गे आर्जन गर्न सकिनेछ । लामो दुरीको विदेश यात्राको योग रहेको छ भने विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइनेछ । ऋण, रोग तथा शत्रुबाट छुटकारा पाइनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साता सुरु र अन्तको समय राम्रो रहेकोले परिवारका साथ रमाइलो यात्रा गरी रमाउन सकिनेछ । परिवारका साथ हुने भेटघाटले मन आनन्दित हुनेछ । नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको खोजी गर्नेहरूले नोकरीमा प्रवेश तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले समयको सूक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेको छ । सेयर बजारमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ । बुधबार र  बिहीबारको समय मध्यम रहेकोले यात्रा कष्टकर नहोला भन्न सकिन्न । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । साथीभाइ तथा आफन्तसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । अध्ययन वा कामको सवालमा यात्राको तय हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । साताको अन्त तथा शुक्रवार र शनिवारको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको छ । नियम सङ्गत काम नगर्दा दण्ड, जरिवाना तथा जेलको यात्रासम्म हुन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साताको समय राम्रो रहेकोले लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रसस्त सम्भावना रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी  समयले साथ दिनेछ । पुराना मित्रसँग भेट हुने तथा मनोरञ्जन र खानपानमा समय व्यातित हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । प्राकृतिक स्रोत साधन तथा पैतृक धनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । बौद्धिक कार्यमा सहभागी भई उच्च स्तरको प्रस्तुति दिन पाउन मन प्रसन्न हुनेछ । समाजसेवा तथा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । रोजगारीको सिलसिलामा नयाँ गन्तव्य पहिल्याउन सकिनेछ भने नोकरीमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । प्रविधिको प्रयोग गरी आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । सिजनेवल सामानको व्यापार तथा सेयर बजारमा गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।  

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साताको समय मिश्रित रहेकोले धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू हुनेछन् । कागज तथा प्रेस सम्बन्धी कामबाट आम्दानीमा उल्लेख्य वृद्धि हुनेछ । राज्यको नजिक भई काम गर्नेहरूले आर्थिक लाभ प्राप्त गर्ने समय रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरणको बलियो योग रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । आफन्त तथा परिवारका साथ रमाइलो यात्रा हुने तथा खानपान, मनोरञ्जनमा समय व्यातित हुनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने तथा लामो  समयपछि आफन्त भेटिने हुँदा मन प्रसन्न रहनेछ । तर पनि स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको छ । सवारी साधनमा यात्रा गर्दा ख्याल गर्नुहोला ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप