सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

सूर्यनारायणको बार आज कुन राशिलाई कति लाभ ?

आइतबार, ३१ चैत २०८१, ०६ : २२
आइतबार, ३१ चैत २०८१

आज विक्रम संवत २०८१ साल चैत्र ३१ गते, आइतबार । ईश्वी सन् २०२५ अप्रिल १३ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४७ । वैसाख कृष्णपक्ष । तिथि–प्रतिपदा, अहोरात्र । नक्षत्र–चित्रा, ३६ घडी १६ पला, बेलुकी ८ बजेर १४ मिनेट उप्रान्त स्वाती । योग–हर्षण, ३८ घडी ५ पला, बेलुकी ८ बजेर ५८ मिनेट उप्रान्त बज्र । करण–बालव, बेलुकी ५ बजेर ५६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–कन्या, बिहान बजेर ५६ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४४ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २६ मिनेट । दिनमान ३१ घडी ४८ पला ।

आजको बार बेला   

  • बिहान ५ बजेर ४४ मिनेटसम्म उद्धेग बेला ।
  • बिहान ५ बजेर ४५ मिनेटदेखि बिहान ७ बजेर १९ मिनेटसम्म चर बेला ।
  • बिहान ७ बजेर २० मिनेटदेखि  बिहान ८ बजेर ५५ मिनेटसम्म लाभ बेला ।
  • बिहान ०९ बजेर  ५६ मिनेटदेखि  बिहान १० बजेर ३० मिनेटसम्म अमृत बेला ।
  • बिहान १० बजेर ३१ मिनेटदेखि  बिहान १२ बजेर ५ मिनेटसम्म काल बेला ।
  • मध्यान्ह १२ बजेर ६ मिनेटदेखि दिउँसो १ बजेर ४१ मिनेटसम्म शुभ बेला ।
  • दिउँसो १ बजेर ४२  मिनेटदेखि दिउँसो ३ बजेर १६ मिनेटसम्म रोग बेला ।
  • दिउँसो ४  बजेर १७ मिनेटदेखि  बेलुकी ४ बजेर ५२ मिनेटसम्म उद्धेग बेला ।
  • बेलुकी ४ बजेर ५३ मिनेटदेखि बेलुकी ७ बजेर ५२ मिनेटसम्म शुभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बेलुकी ४ बजेर ५१ मिनेटदेखि बेलुकी  ६ बजेर २६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्ह मुहुर्त
बिहान ४ बजेर ९ मिनेटदेखि बिहान ४ बजेर ५७ मिनेटसम्म ब्रम्ह मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कामको चाप र थकाइबाट मुक्तरही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ । जीवन साथीकासाथ रमाइलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ । पर्यटन तथा होटल सम्बन्धी व्यवसायबाट मनग्गे आम्दानी हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  खाद्यन्न, निर्माण सामाग्र, सवारी साधन तथा प्रेसमा गरेको लगानीबाट आम्दानी हुनेछ । प्रतिष्ठित व्याक्तिसँग प्रतिस्पर्धा गर्नु परेपनि अन्तत तपाईंकै पक्षमा नतिजा आउदा मन खुशी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जानेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा प्रसस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईंको ईमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमता पुर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ । यात्रा तथा मनोरञ्जनमा  समय व्यतित हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाती रहनेछ । र, पनि मौषमले साथ दिने हुनाले कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । मन मिल्ने साथिकासाथ यात्रा गर्न सकिने मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । पर्यटन तथा होटल व्यवसायबाट लाभ लिन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छिमेकीमाझ राम्रो कामगरि प्रसिद्धि कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापहरु सफलता पूर्वक सम्पन्न हुनेछन् । दाजुभाई तथा बन्धुबान्धवको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । साझपख पारिवारिक यात्रामा रमाउन सकिने तथा खानपानमा समय व्यतित हुनेछ ।
 
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) तपाईंको बोलिको सबैले कदर गर्नेछन् । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड हुनेछ । होटल, पर्यटन तथा यात्रासँग सम्बन्धित व्यवासायबाट लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । गीत संगीतमा लाग्नेहरुका लागि समयले साथ दिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ प्रविधिको प्रयोग गरि रचनात्मक कार्य गर्न सकिनेछ । राजनीतिकर्मीहरुका लागि जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । विद्यार्थी वर्गहरुका लागि मेहनेत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेकोछ । सुन्दर तथा विलाशीताका सर सामान प्रयोग गरी अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरुसँग भेट हुनाले दिन रमाइलो गरेर बिताउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) लामो दुरीको यात्रा हुनेछ भने यात्राका क्रममा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ, ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा द्रब्य हराउन सक्छ ध्यान दिनुहोला । र, पनि विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ । प्रमील जोडीहरुका लागि समयले साथ दिने हुनाले मन प्रशन्न रहनेछ । कागज, प्रेस तथा निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पर्यटन तथा होटल व्यवसायीहरुका लागि समय उत्तम रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यवसाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेकोछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कारोबारहरु बढेर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पत्तिको प्रयोगमार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ । परिवारका साथ रमाइलो यात्रा हुने तथा खानपानमा समय व्यतित हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सहयोगीहरूले राम्रो साथ दिनेछन् भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रसस्त धन आर्जन हुनेछ। पारिवारिक माहोलमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) शैक्षिक वा धार्मिक यात्रा हुने योग रहेकोछ । धार्मिक पुस्तक अध्ययन गरि ज्ञान आर्जन गर्न सकिनेछ । शिक्षा क्षेत्र, शेयर बजार, पहिरन तथा खाद्यान्नमा गरिएको लगानीबाट प्रसस्त आम्दानी हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरुका लागि समय शुभ रहेकोछ । गीत संगीत तथा कला क्षेत्रमा समय दिनेहरुका लागी समय उत्तम रहेकोछ । पारिवारिक माहोलमा यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यतित हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाइनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाती रहनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । र, पनि माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । मनोरञ्जन तथा खानपानमा समय व्यतित हुनेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप