सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर र युभेन्ट्सलाई सफलता

आइतबार, ३१ चैत २०८१, ०६ : ००
आइतबार, ३१ चैत २०८१

काठमाडौं । इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर र युभेन्ट्सलाई सफलता मिलेको छ । ३२ औं चरणका खेल चलिरहँदा शीर्ष स्थानको इन्टरले शनिबार राती कालियरीलाई ३-१ ले हराउँदा युभेन्ट्सले लेसेलाई २-१ ले पाखा लगायो । 

घरेलु मैदानमा इन्टरलाई जिताउन मार्को अर्नाटोभिक, लुटारो मार्टिनेज र यान बिसेकले एक-एक गोल गरे । युभेन्ट्सलाई तेस्रो स्थानमा उकाल्न टुन कूपमीनर्स र केनान यिल्दिजले गोल गरे । 

अर्को खेलमा भेनेजियाले मोन्जालाई १-० ले हरायो । योसँगै सिरी’एमा शीर्ष स्थानको इन्टरको ३२ खेलबाट ७१ अंक भएको छ भने नापोली ६५ अंकसहित दोस्रौ स्थानमा छ । यस्तै, युभेन्ट्सले एक अंकको अन्तरले एटलान्टालाई उछिनेर तेस्रो स्थानमा उक्लिएको छ । उसको ५९ अंक भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप