बुण्डेस लिगामा शीर्ष क्लब बायर्न र बायरलाई झट्का
आइतबार, ३१ चैत २०८१, ०५ : ४६

काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बार्यन म्युनिख र दोस्रो स्थानको बायर लिभरकुजेन दुबैले बराबरी खेल्दै अंक गुमाएका छन् ।
शनिबार राती बार्यन बोरुसिया डर्टमण्डसँग २-२ को बराबरीमा रोकिँदा बायरले युनियन बर्लिनसँग गोलरहित बराबरी खेल्दै महत्वपूर्ण दुई अंक गुमायो । लिगको उत्तरार्धतिर आएर शीर्ष क्लबहरु धक्का खाइरहेका छन् ।
बायर्नको २९ खेलबाट ६९ अंक भएको छ भने बायरको ६३ अंक छ । तेस्रो स्थानको फ्र्यान्कफर्टको ४८ अंक मात्रै छ । बुण्डेस लिगामा यी दुई बाहेका खेलमा भने हार जितको नतिजा निस्किएको छ ।
फ्रिबर्गले बोरुसिया म्याग्लाडव्याच, सेन्ट पोलीले हालेस्टाइन र आक्सबर्गले बोचुमलाई समान २-१ गोल अन्तरले हराए । होफेनहाइमले भने मेन्जलाई २-० ले हराउँदै महत्वपूर्ण तीन अंक बटुल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी