सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

ला लिगा : बार्सिलोना उपाधि उन्मुख, रियालसँग अंकदुरी थप बढ्यो

आइतबार, ३१ चैत २०८१, ०५ : ३१
आइतबार, ३१ चैत २०८१

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना उपाधि उन्मुख भएको छ । शनिबार राती भएको खेलमा लेगानेसलाई हराउँदै बार्सिलोनाले थन तीन अंक बटुल्दै दोस्रो स्थानको रियाल मड्रिडसँग अंक दुरी बढायो । 

लेगानेसविरुद्ध १-० को जित निकालेको बार्सिलोनाको ३१ खेलबाट ७० अंक भएको छ । एक खेल कम खेलेको रियाल मड्रिड ६३ अंक बटुल्दै दोस्रो स्थानमा छ । 

पछिल्ला खेलमा रियालले खराब प्रदर्शन गरेपछि बार्सिलोनाले लिड गरिरहेको हो । अहिले यी दुईबीच सात अंकको दुरी कायम भएको छ । अबका खेलमा पनि रियालले फितलो प्रर्दशन गरे बार्सिलोनाले उपाधि हत्याउने प्रबल संभावना छ । 

ला लिगा मै मलोर्काले रियाल सोसिडाडलाई २-०, लस पल्मसले गेटाफेलाई ३-१ र इस्पानियोलले सेल्टा भिगोलाई २-० ले हरायो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप