प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी फराकिलो अन्तरले विजयी हुँदा आर्सनल बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सिटी ५-२ गोल अन्तरले विजयी भएको हो ।
क्रिष्टल प्यालेसलाई हराउने क्रममा सिटीका लागि केभिन डे ब्रायन, ओमार मर्मूश, मातेओ कोभासिक, जेम्स म्याकएटी र निको ओ’रेलीले गोल गरे । क्रिष्टल प्यालेसका एबेरेची ऐजें र क्रिस रिचर्ड्सले गोल फर्काए । यो जितपछि म्यान्सिटीले झण्डै तेस्रो स्थानको नटिङघमलाई भेट्टाउन खोजेको छ । नटिङघमको ५७ अंक हुँदा म्यान्सिटीको ५५ अंक भएको छ ।
उता, दोस्रो स्थानको आर्सनलले भने १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । ३२ औं चरणको खेललमा आर्सनलले ब्रेन्टफोर्डसँग अंक बाँडेको हो । प्रिमियर लिगमा एभर्टनले नटिङघमलाई १-० ले हराउँदा एस्टन भिल्लाले साउथ ह्याम्पटनलाई ३-० ले पाखा लगायो ।
यस्तै, ब्राइटन र लेस्टर सिटीले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । ३१ र ३२ औं चरणका खेल चलिरहँदा लिभरपुल जित नजिक पुगेको छ । उसको ३१ खेलबाट ७३ अंक छ । दोस्रो स्थानको आर्सनलको ३२ खेलबाट ६३ अंक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक हस्तक्षेप र स्वार्थको मारमा ‘घरेलु ओलम्पिक’
-
नेपाली खेलकुदमा दिनेभन्दा पनि लिने प्रवृत्ति हाबी छ
-
राष्ट्रिय खेलकुद खेलाडीका लागि कि पदाधिकारीका लागि ?
-
‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’
-
स्मार्टफोन र कम्प्युटरलाई कर छुट दिने अमेरिकाको निर्णयमा चीनले के भन्यो ?
-
विद्यालय भर्ना अभियानमा जनप्रतिनिधि परिचालन