फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोप

हेटौँडा । काठमाडौँ तराई द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाको ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठगी गरेको आरोप लगाइको छ । फास्ट ट्र्याकमा निर्माण सामग्री सप्लाई गरे बापतको भुक्तानी नदिएर ठगी गरेको आरोप लगाएको हो ।
ठगी गरेको भन्दै चिनियाँ कम्पनी चाइना स्टेटलाई कारबाही गर्न माग गरिएको छ । ठेकेदार कम्पनीले आयोजनाका लागि सप्लाई गरेको सामाग्रीको भुक्तानी नपाएको भन्दै सप्लायरले कारबाहीको माग गरेको हो ।
हेटौँडामा शनिबार पत्रकार सम्मेलन गर्दै सप्लायर कम्पनीहरू नेपाल मेसिनरी एक्जिम कम्पनी, नेपाल फास्ट ट्र्याक इन्फ्रा कन्सर्न र नेपाल मेसिनरी इन्टरप्राइजेज कम्पनीले सामाग्री सप्लाई गरे बापतको ७ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको भन्दै ब्याज हर्जानासहित भुक्तानी पाउनुपर्ने उनीहरूले दावी गरेका छन् । कम्पनीले आयोजनाको लागि फलामजन्य सामग्री वितरण गर्दै आएको कम्पनीका प्रबन्ध निर्देशक मुकेश सरावगीले बताए ।
उनले चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले बारम्बार बहाना बनाई विभिन्न समस्या देखाउँदै लिखित आश्वासनलाई समेत अटेर गरेको बताए । चिनियाँ कम्पनीको सम्पूर्ण क्रियाकलाप ठग्ने र धोखा दिने नियतले प्रेरित भएको उनको दाबी छ ।
ठेकेदार कम्पनीले नेपाल सरकारको सडक आयोजनाको नाममा नेपाली व्यापारीहरूलाई गलत आश्वासन दिई करोडौँ ठगी गरी भाग्न सक्ने सम्भावना रहेको भन्दै उनले उक्त ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न समेत माग गरेका छन् । प्रबन्धक सरावगीका अनुसार चिनियाँ कम्पनीले मेसिनरी एक्जिम कम्पनीलाई ५१ लाख १९ हजार ७२७ रुपैयाँ, फास्ट ट्र्याक इन्फ्रा कन्सनलाई २ करोड ४६ लाख र मेसिनरी इन्टरप्राइजेज कम्पनीलाई ३ करोड ४१ लाख ३७ हजार रकम भुक्तानी गर्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने