श्रेयस ऐयरको ‘विस्फोटक’ ब्याटिङ, शमीको बिजोग

हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) को २७ औँ खेलमा पञ्जाब किंग्सले सनराइजर्स हैदराबादसामु जितका लागि २ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ४५ रन बनाएको हो । टोलीका लागि कप्तान श्रेयस ऐयरले शानदार ब्याटिङ गरे । उनले मात्र ३६ बलमा ८२ रनको योगदान दिए । यस क्रममा उनले ६ चौका र ६ छक्का प्रहार गरे ।
ओपनर प्रभसिमरन सिंहले २३ बलमा ४२ रन बनाए । उनले ७ चौका र १ छक्का प्रहार गरे । यसअघि, शतक प्रहार गरेका प्रियांश आर्याले १३ बलमा २ चौका र ४ छक्काको मद्दतले ३६ रन बनाए । नेहल वधेराले २२ बलमा २७ रन बनाए भने खेलको अन्त्यतिर मार्कस स्टोइनिसले तीव्र गतिमा रन जोड्दै मात्र ११ बलमा ३४ रन जोडे । उनले १ चौका र ४ छक्का हिर्काए ।
हैदराबादका लागि हर्षल पटेलले ४ ओभरमा ४२ रन खर्चेर ४ विकेट लिए । इसान मलिंगाले ४ ओभरमा ४५ रन दिँदै २ विकेट हात पारे । यता मोहम्मद शामीले भने पञ्जाबका ब्याटरबाट नराम्रो पिटाइ भेटे । उनले ४ ओभरमा विना कुनै विकेट लिई ७५ रन खर्चिए ।
आईपीएलमा यो दोस्रो खराब बलिङ प्रदर्शन पनि हो । यसअघि, यसै आईपीएलमा हैदराबादविरुद्ध जोफ्रा आर्चरले ७६ रन खर्चेका थिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको रौनक : सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
-
जुनीदेखि पिलीसम्म विचरण गर्दा
-
२८ दिनपछि नागढुंगा सुरुङ मार्गमा प्रहरी परिचालन गरी निर्माण थालियो
-
टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
-
कर्फ्यू लगाएपछि सुनसान देखिएको वीरगञ्जको घण्टाघर आसपासको सडक
-
परिस्थिति पेचिलो र गम्भीर छ, नयाँ वर्षले केही न केही निकास ल्याउँछ : प्रचण्ड