१० बजे १० समाचार : वीरगञ्जमा झडपपछि कर्फ्यु, ९ ठाउँमा बाटोविनै पुल

काठमाडौँ । आज मिति २०८१ साल चैत महिनाको ३० गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
- रोकियो कर्णाली रङ्गशालाको काम
बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो एक वर्षे कार्यकालको प्रमुख उपलब्धि सार्वजनिक गर्ने क्रममा वीरेन्द्रनगरस्थित प्रादेशिक रङ्गशालाको काम सम्पन्न भइसकेको उल्लेख गरे । प्रगति विवरणमा सामाजिक मन्त्रालय अन्तर्गतको ११ नम्बर बुँदामा भनिएको छ– रङ्गशाला निर्माणको काम सम्पन्न भइसकेको छ । हस्तान्तरण हुन बाँकी ।’
- बाटोविनै पुल
मदन भण्डारी राजमार्गअन्तर्गत झापा, मोरङ र सुनसरी क्षेत्रमा बाटोको ट्र्याकविना नै यस्ता खालका ९ वटा पुल निर्माण भएका छन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा आर्थिक वर्ष २०७६/७७ सालबाट मदन भण्डारी राजमार्गको निर्माण कार्य सुरु भएको हो । राजमार्ग योजना कार्यालय दमकले दिएको जानकारीअनुसार तीन जिल्लामा ३७ वटा पुलको ठेक्का व्यवस्थापनमध्ये २२ वटा निर्माण भइसकेका छन् ।
- क्रिकेट
चार देशीय टी–२० शृङ्खला अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङबिचको खेलमा वर्षा बाधक बनेको छ । वर्षाका कारण खेल हुन नसकेपछि नेपाल र हङकङले अंक बाँड्न बाध्य भएका हुन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम धमाधम भइरहेको छ । फाल्गुन २० गते शुभ साइत गरेर निर्माणको काम प्रारम्भ गरिएको थियो ।
- वीरगञ्जमा कर्फ्यु
पर्साको वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी भएको छ । दुई समुदायबिच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।
- शिक्षक आन्दोलन
सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र शिक्षा मन्त्रालयबिच तीन दिनदेखि छलफल जारी छ । शिक्षामन्त्री विद्या भट्टराई, शिक्षा सचिव डाक्टर दिपक काफ्लेसहितका मन्त्रालयका अधिकारीहरू र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच छलफल चलिरहेको हो ।
- प्रथम नेपाली महिला
रातोपाटीको प्रस्तुति ‘प्रथम नेपाली महिला’ शृङ्खलाको १६ औँ एपिसोडमा पाठकवृन्दलाई स्वागत छ । यो एपिसोड राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम नेपाली महिला प्रजा राज्यलक्ष्मी देवी सिंह बस्नेतका सम्बन्धमा छ । वि.सं.२०२५ साल असार १४ गते उनलाई यो सौभाग्य प्राप्त हुन पुगेको थियो ।
- त्यो हतियार अर्कोलाई नउठोस्
पुराण वाचनमा ‘प्रवीण’ पण्डित दीनबन्धु पोखरेलसँग रातोपाटीका रोहित दाहालले पूर्वीय दर्शनलगायत विविध विषयमा लामो कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः
- गृहजिल्लामा ओली
प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमाले कमजोर अवस्थामा देखिएको स्वीकार गरेका छन् । झापाको दमकस्थित पशुबजारमा एमालेले नै आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्ने क्रममा उनले विगतको संघर्षपूर्ण अवस्थाबाट आएको एमाले प्रगति गर्नुको सट्टा कमजोर अवस्थामा देखिएको स्वीकार गरेका हुन् ।
- शनिबार विशेष
- फोटोफिचर