रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा : अध्यक्ष बस्नेत

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा रहेको बताएका छन् । शनिबार काठमाडौँमा भएको एसिया प्यासिफिक अप्टिमिस्टिक कन्फ्रेन्समा बोल्दै अध्यक्ष बस्नेतले नेपाली पत्रकारिताले अब रचनात्मक पत्रकारितामा जोड दिनुपर्ने बताए ।
त्यसका लागि काउन्सिलका तर्फबाट सहयोगी भूमिका रहने र काउन्सिलले प्रदान गर्ने तालिम प्रशिक्षणमा पनि रचनात्मक र समाधानमुखी पत्रकारिताका विषयवस्तु समेटिने बताए । ‘काउन्सिलले मिडिया हाउससँग सहकार्य गरेर यो विषय अघि बढाउनेछ, यसको निर्णय भइसकेको छ । त्यस्तै विश्वविद्यालयमा पाठ्यक्रममा समावेश गर्न अनुरोध गरेका छौँ । यससम्बन्धी पाठ्यसामग्री तयार गर्ने तयारीमा पनि छौँ‘ उनले भने ।
काउन्सिलले अनलाइन अभिमुखीकरण कार्यक्रममा समेत एउटा सेसनको रूपमा रचनात्मक पत्रकारिता समावेश गर्ने निर्णय भई कार्यान्वयन सुरु गरिसकेको त्यस क्रममा जानकारी दिए । काउन्सिलले रचनात्मक पत्रकारिता पाठ्यक्रममा समावेश गर्न ८ महिनाअघि नै सबै विश्वविद्यालयलाई पत्राचार पनि गरिसकेको छ ।
कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटाले सही, सत्य तथ्य सूचना सम्प्रेषण भएमा मात्र कतिपय विषय समाधान हुने भन्दै पत्रकारिताको विकासको लागि विभित्र काम भइरहेको जानकारी दिए ।
नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमिद वागचनले सन्तुलित सामग्री सम्प्रेषणमा थप ध्यान दिनुपर्ने भन्दै मिडियामा आएका सामग्रीले जनताको जीवनस्तर परिवर्तन भएको दृष्टान्त पेस गरे । यस्तै सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवाले रचनात्मक पत्रकारिताबारे पत्रकारबिच घनिभूत छलफल चलाउनुपर्ने भन्दै सञ्चारिका समूह सहकार्य गर्न तयार रहेको धारणा राखिन् ।
कार्यक्रममा रचनात्मक पत्रकारितामा अध्ययन अनुसन्धान गरिरहेका पत्रकार कला अनुरागीले आशा जगाउने अभियानको महत्त्वपूर्ण साधन मिडिया भएको उल्लेख गरे । खोजी गरेर कारण र समाधानका उपायसहितको समाचार लेख्नु नै रचनात्मक पत्रकारिता भएको भन्दै उनले विस्तृत, समीक्षात्मक, खोजमूलक पत्रकारिताले जनविश्वास समेत अभिवृद्धि गर्न सघाउने बताए ।
फुटेको ऐनाका टुक्रा बिजेको जस्तो नकारात्मकता बढी दिने गरी पत्रकारिता भइरहेकोले समाधान केन्द्रित रचनात्मक पत्रकारिता गर्न अभियान छेड्नुपर्ने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र, पहिलोपटक नेपालको बिजुली बङ्गलादेश पुगेको वर्ष
-
कति पुग्यो अमेरिकी डरलको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
इटालियन सिरी’एमा शीर्ष स्थानको इन्टर र युभेन्ट्सलाई सफलता
-
बुण्डेस लिगामा शीर्ष क्लब बायर्न र बायरलाई झट्का
-
ला लिगा : बार्सिलोना उपाधि उन्मुख, रियालसँग अंकदुरी थप बढ्यो
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा