आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय
अपराध

पेप्सीकोलाबाट ६० लाख लुटपाट, १३ जना पक्राउ

शनिबार, ३० चैत २०८१, २० : २२
शनिबार, ३० चैत २०८१

काठमाडौँ । काठमाडौँको पेप्सीकोलाबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । बौद्ध घर भएका एक जना पुरुष बुधवार पेप्सीकोलास्थित टाउन प्लानिङबाट लुटिएका हुन् ।

लुटपाटमा संलग्न आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । लुटिएको ३० लाख रुपैयाँ रिकभर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । लुटिएका व्यक्ति पनि अहिले प्रहरीको सम्पर्कबाट बाहिर रहेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृत भन्छन्– ‘बुधवार साँझ ८ बजेतिर लुटिएको रहेछ, संलग्नहरूबारे अनुसन्धान हुँदैछ ।’ प्रहरीले पीडितको पहिचान सार्वजनिक गरेको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप