त्रिविमा उपप्राध्यापक परीक्षाको रोचक नतिजा : २५ जना माग गरेकोमा ३ जना पास

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। २०७७ फागुन ९ गते प्रकाशित गरेको विज्ञापनको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो।
आयोगले २०८१ भाद्र र असोजमा लिखित परीक्षा सञ्चालन गरेको थियो । उक्त परीक्षामध्ये आयोगले आज कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका ३१ विषयको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो।
सार्वजनिक गरिएको नतिजा भने रोचक देखिएको छ। कतिपय विषयमा माग गरेभन्दा निकै कम पास भएका छन्। कम्प्युटर विज्ञानमा २० जना उपप्राध्यापकका लागि गरिएको विज्ञापनमा लिखित परीक्षामा ५ जना पास भएका छन् । लिखित परीक्षामा ३८ जना सहभागी भएका थिए।
त्यस्तै गणित विषयका लागि समेत २० जनाको विज्ञापन माग गरेकोमा २ जनाले मात्रै लिखित परीक्षा पास गर्न सकेका छन्। गणित विषयका लागि १०४ जनाले लिखित परीक्षा दिएका थिए ।
त्यस्तै तथ्यांकशास्त्रमा १५ जनाका लागि विज्ञापन गरिएकोमा २ जनाले मात्र लिखित परीक्षा पास गरेका छन्। त्यसका लागि ३६ जनाले लिखित परीक्षा दिएका थिए।
त्यस्तै प्राणी शास्त्रमा २० जनाका लागि गरिएको विज्ञापनमा १४ जना पास भएका छन् । जसमा ११ जना खुला तर्फ माग गरेकोमा ७ जना पास भएका छन् । अपाङ्ग, मधेसी र दलित कोटाबाट भने कसैले पनि लिखित परीक्षा पास गर्न सकेनन्।
त्यस्तै भौतिक शास्त्रतर्फ २५ जनाका लागि विज्ञापन माग गरिएकोमा ३ जना मात्रै पास भएका छन्। जसमा १७५ जनाले लिखित परीक्षा दिएका थिए। त्यस्तै रसायनशास्त्रतर्फ २४ जनाका लागि विज्ञापन माग गरिएकोमा ११ जना पास भएका छन्। जसमा १२८ जनाले लिखित परीक्षा दिएका थिए।
कतिपय विषयमा भने कुनै पनि परीक्षार्थीले लिखित परीक्षा पास गर्न सकेका छैनन्। डाइटेटिक्स, बायोक्यामेस्ट्री, फरेस्ट्री, दुग्ध विज्ञान, एनिमल न्युट्रिसन विषयको लिखित परीक्षामा भने कुनै पनि परीक्षार्थीले लिखित परीक्षा पास गर्न सकेनन्।
अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरूको अन्तर्वार्ता २०८२ जेठ ०४ गते देखि सञ्चालन हुने आयोगले जनाएको छ । तत्कालीन समयमा आयोगले विज्ञापन आह्वान गरेकामा अदालतमा मुद्दा परेपछि अहिलेसम्म परीक्षा हुन सकेको थिएन। अदालतले परीक्षा प्रक्रिया अगाडि बढाउन आदेश दिएपछि आयोगले परीक्षा प्रक्रिया अगाडि बढाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते