तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारसँग लिङ्देनको भेट
सुरेशलाई सहिद घोषणा गर्न परिवारको माग
शनिबार, ३० चैत २०८१, २० : ०१

काठमाडौँ । तीनकुनेमा राजावादी समूहको प्रदर्शनका क्रममा आगलागीमा परेर ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले भेटेका छन् ।
शनिबार शोकाकुल परिवारलाई भेट्न लिङ्देन, बागमती प्रदेशका सभामुख भुवन पाठकलगायत रजक निवास ताहाचल पुगेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सो क्रममा सुरेशको परिवारले सुरेशलाई शहीद घोषणा गरिनुपर्ने, घटनाको सत्यतथ्य छानविनका लागि न्यायिक आयोग गठन गरिनुपर्ने कुरा उठाएको श्रेष्ठको भनाइ छ ।
सो क्रममा अध्यक्ष लिङ्देनले आफूहरुले पार्टीको बैठकबाट औपचारिक निर्णय गरेको, संसद र सडकमा यो विषय उठाइरहेको र निरन्तर उठाइरहने बताएका थिए । लिङ्देनसहितले भेटमा रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’