स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार प्रयासरत छ : मन्त्री शाही

हेटौँडा । सङ्घीय सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले स्वदेशमै रोजगारी सिर्जना गर्न वर्तमान सरकार लागिपरेको दाबी गरेका छन् । उनले वर्तमान सरकारले स्वदेशमै पढाउन र स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ काम गरिरहेको बताए ।
शनिवार नेपाल विद्यार्थी सङ्घ वन विज्ञान अध्ययन संस्थान, हेटौँडा इकाई समितिले आयोजना गरेको स्वागत, सम्मान तथा बिदाइ वृहत् सांस्कृतिक कार्यक्रममा बोल्दै मन्त्री शाहीले देशका ठुला दुई दल मिलेर सरकार बनाउनुको मुख्य उद्देश्य नै विगतमा देखिएको राजनीतिक अस्थिरताको अन्त्य र देशको आर्थिक विकास रहेको दाबी गरे ।
उनले कांग्रेस र एमाले मिलेर सरकार सञ्चालन गरेदेखि नै जनतामा आशा र विश्वास पलाएको बताए । उनले नेपालको वनलाई देशको आर्थिक स्रोतको मूल आधार बनाउन सकिने तर्फ वर्तमान सरकार सचेत रहेको उल्लेख गर्दै वनजन्य उत्पादनलाई जनतासँग जोड्ने नीति सरकारले लिएको स्पष्ट पारे ।
‘नेपालको काठ सडेर जाने र विदेशको काठ खरिद गर्नुपर्ने समस्यालाई समाधान गर्न र समस्याको दिगो व्यवस्थापनका लागि प्रदेश सरकारसँग समन्वय गरेर काम अगाडि बढाइसकेका छौँ,’ मन्त्री शाहीले भने, ‘वन व्यवस्थापनको सवालमा सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्ने नीति लिएको छ ।’
उनले वन प्राविधिक विद्यार्थीहरूले वन क्षेत्रको विकास र वन समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए । मन्त्री शाहीले स्ववियु निर्वाचनमा देशभर नेविसंघले राम्रो स्थान हासिल गरेको भन्दै कांग्रेसको नीतिलाई सफल बनाउन भातृ सङ्गठन नेविसंघले भूमिका खेलेको भन्दै प्रशंसा गरे ।
नेपाल विद्यार्थी सङ्घ वन विज्ञान अध्ययन संस्थान, हेटौँडा इकाई समितिका सभापति मानबहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते