मारक्रम र पुरन चम्किँदा लगातार जितिरहेको गुजरातको यात्रामा ब्रेक
शनिबार, ३० चैत २०८१, १९ : ३७

काठमाडौँ । शीर्षस्थानमा रहेको गुजरात टाइटन्स लखनऊ सुपर जायन्ट्ससँग पराजित भएको छ ।
जारी आईपीएलअन्तर्गत शनिबारको पहिलो खेल (समग्रमा २६ औं खेल) मा लखनऊले गुजरातलाई ६ विकेटले पराजित गरेको हो ।
लखनऊको जितमा एइडेन मारक्रम र निकोलस पुरन नायक रहे । मारक्रमले ३१ बलमा ५८ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले पनि पूरनले पनि ३४ बलमा ६१ रन बनाए । यस्तै शार्दुल ठाकुर र रवि बिश्नोईले २–२ विकेट लिए ।
एकाना रंगशालामा गुजरातले ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो। लखनउले २० औँ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
गुजरातका लागि साई सुदर्शनले ५८ र कप्तान शुभमन गिलले ६० रन बनाएका थिए । प्रसिद्ध कृष्णले २ विकेट लिएका थिए । लखनउले ६ खेलमा चौथो जित हासिल गरेको हो। जबकि गुजरातले लगातार चार जितपछि खेल हारेको छ । दुवै टोलीको ८/८ अंक भएको छ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल
-
१० बजे १० समाचार : २२ वर्षीय युवकले पारे एक करोड झ्वाम, पूर्व प्रदेश प्रमुख फरार
-
लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन
-
संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने, ‘कांग्रेस र एमालेबिच कुनै समस्या छैन’