एमाले वीरगञ्ज महानगरको नेतृत्व निर्वाचनबाट हुने, नोमिनेसन सुरु

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको वीरगञ्ज महानगर कमिटीको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।
शुक्रबार सुरु भएको अधिवेशनको बन्दसत्र आज सकिएसँगै पदाधिकारी एवम् सदस्य चयनका लागि मतदान प्रक्रिया बढाइएको एमाले पर्साले जनाएको छ । एमाले पर्साका जिल्ला सचिव महेश दासका अनुसार पदाधिकारी चयनमा सहमति नजुटेपछि चुनावी प्रक्रिया बढाइएको हो ।
त्यसका लागि अहिले मतदाता नामावलीसमेत प्रकाशन भएको र नोमिनेसनको प्रक्रिया थालिएको उनले जानकारी दिए । एमाले वीरगञ्ज महानगरको कमिटीको अध्यक्ष पदका लागि सुन्दर कुर्मी र नवराज शर्माबिच भिडन्त हुने देखिएको छ । नेतृत्वमा दुवैको दाबी परेपछि निर्णय चुनावी प्रक्रियाबाट गर्न लागिएको हो ।
एमालेमा सुन्दर राउत कुर्मीको पक्षमा पार्टी अध्यक्ष विश्म्भर शर्मा, सांसद प्रभु हजारासहितको सर्मथन छ भने नवराज शर्मालाई पूर्वसांसद बिचारी यादव, अरविन्द सिंहसहितको समर्थन रहेको छ ।
वीरगञ्ज महानगरमा एमालेका करिब ३ सय १० जना प्रतिनिधि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान