आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

लजमा जुवातास खेलिरहेका १३ जना पक्राउ

शनिबार, ३० चैत २०८१, १६ : २४
शनिबार, ३० चैत २०८१

कैलाली । धनगढीमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । 

धनगढी उपमहानगरपालिका-३ भाटभटेनी नजिकै बस्ने ४० वर्षीय खडक कुँवरले सञ्चालन गरेको सुदूरपश्चिम रेस्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कुँवर समेत १३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १२ हजार ३ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप