जीवन भोगाइ र अनुभवको लिखित सँगालो नै पुस्तक हो : पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले मान्छेले आफ्नो जीवनमा देखे, भोगेका विविध आयामहरूलाई भाषा र सिलसिला मिलाएर लेख्नु नै साहित्य भएको बताएकी छन् । शनिवार काठमाडौँमा आयोजित साहित्यकार गोपाल पाण्डेको पुस्तक विमोचन कार्यक्रममा कार्कीले पुस्तक लेख्दा भाषागत रूपमा पठनीय हुनुपर्ने बताएकी हुन् ।
उनले आम नेपालीको जीवनयापनका क्रममा भोगेका अनुभवको सँगालोमा साहित्यिक पुस्तकहरू लेख्न सकिने बताइन् । पाण्डे परिवार साहित्य लेखनमा मात्रै नभई देशलाई माथि उकास्ने खानदानी परिवारको रूपमा चिनिएको उनको भनाई छ ।
उनले भनिन्, मान्छेले जे देखेको हुन्छ, जसलाई पर्सेप्सन भन्छ त्यसैलाई भाषा मिलाएर एउटा राम्रो पठनीय हिसाबबाट लेख्यो भने त्यो साहित्य हुन्छ । उहाँले आफ्नो दुःख सुख गरेर हाम्रो आम नेपालीहरूको लाइफै के छ र पहाडतिर बस्ने उकालो ओरालो हिँड्यो भुटेको मकै खायो, भटमास खायो । हाम्रो पिँढीले त त्यही नै भोगेको हो । त्यो बेलाको उहाँले यो पुस्तकमा पुरा जीवन लेख्नुभएको छ । गोपाल असीम पाण्डे भनेपछि कसले नचिन्ने र ? गाउँ सेवा नै देशको सेवा हो भनेर आफ्नो अन्तर मनको भावनालाई प्रस्तुत गर्नुभएको छ ।’
पूर्व प्रधानन्यायाधीश कार्कीले अन्तर आत्मामा छुने भावनात्मक विचारले भरिपूर्ण पाण्डेको लेखन प्रशंसनीय भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?
-
ठूला परियोजना सञ्चालनको तयारीमा छौँ : अध्यक्ष ढकाल
-
नयाँ वर्षको पहिलो दिन जाजरकोटमा भूकम्प