निर्देशक रामगोपाल वर्माविरुद्ध अर्को उजुरी दर्ता, धार्मिक भावनामा चोट पुर्याएको आरोप

मुम्बई । आफ्ना फिल्महरू भन्दा पनि विवादास्पद बयानका कारण बढी हेडलाइनमा आउने फिल्म निर्माता राम गोपाल वर्माविरुद्ध अर्को उजुरी दर्ता भएको छ। राष्ट्रिय प्रजा कांग्रेसका अध्यक्ष तथा उच्च अदालतका वकिल मेदा श्रीनिवासले हिन्दु विरोधी टिप्पणी गरेको भन्दै उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् ।
आन्ध्र प्रदेशको थ्री टाउन प्रहरी स्टेसनमा दर्ता गरिएको यस उजुरीमा मेदा श्रीनिवासले प्रमाणको रूपमा राम गोपाल वर्माले गरेको आपत्तिजनक टिप्पणीको प्रतिलिपि पनि संलग्न गरेका छन्। राम गोपाल वर्माले पछिल्ला केही दिनमा धेरै पोस्टहरूमा टिप्पणी गरेका छन्, जसलाई धेरैले हिन्दु विरोधी भनेका छन्।
मेदा श्रीनिवासले वर्मामाथि रामायण र महाभारतका साथै देवीदेवताहरूमा आपत्तिजनक टिप्पणी गरेको आरोप लगाएका छन्। उनले आन्ध्र प्रदेश र तेलंगानाबिच क्षेत्रीय विवाद भड्काउने प्रयास गरेको र भारतीय सैनिकहरूको आत्मसम्मानमा चोट पुर्याउने बयान पनि दिएको आरोप छ ।
थ्री टाउन प्रहरी चौकीमा दर्ता गरिएको उजुरीमा मेदा श्रीनिवासले वर्माविरुद्ध आईपीसीको धारा १५३ ए, १५३ बी, ५०४, ५०६, १५०बी र आईटी ऐन २००० अन्तर्गत कारबाही गरिनुपर्ने बताएका छन्। रामगोपाल वर्माले राष्ट्रपति द्रौपदी मुर्मुविरुद्ध आपत्तिजनक टिप्पणी गरेका थिए, जसका कारण उनीविरुद्ध धेरै उजुरीहरू दर्ता भएका थिए।
यसअघि नोभेम्बर ११, २०२४ मा, आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूको मर्यादाको अपमान गरेको आरोपमा उनीविरुद्ध उजुरी दर्ता गरिएको थियो। वर्माले हालै मनोज बाजपेयीसँग मिलेर कमेडी हरर फिल्म बनाउने घोषणा गरेका छन्। उनले मनोज बाजपेयीसँग सत्या र शूल जस्ता चलचित्रहरू बनाइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषा र अछाममा एमाले जिल्ला अधिवेशन बाँकी
-
पेस्तोल र लागु औषधसहित भारतीय नागरिक पक्राउ
-
सुनको मूल्य फेरि बढ्यो, तोलामा १ लाख ८६ हजार पुग्यो
-
आईसीसी यू१९ विश्वकप छनोट : मैदान नसुकेपछि नेपाल र यूएईबिचको खेलमा ढिलाइ
-
२०८१ साल : कूटनीतिक क्षेत्रमा उतार–चढावको वर्ष
-
तीन महिनादेखि अदानचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन