प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्न सर्कुलर

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न सर्कुलर गरेको छ । बिहीबार प्रधान कार्यालयले देशभरका प्रहरी युनिटहरूलाई त्यस्तो सर्कुलर गरेको हो ।
प्रधान कार्यालयबाट जारी सर्कुलरमा भनिएको छ, ‘हालको अवस्थालाई मध्यनजर गरी अर्को आदेश नभएसम्म त्यहाँ तथा अन्तर्गतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूको अति आवश्यक अवस्थामा बाहेक नोकरी राजीनामा सिफारिस तथा स्वीकृत नगर्नुहुन अनुरोध ।’
प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले हस्ताक्षर गरेको सर्कुलर अनुसार आन्दोलन लगायतका परिस्थितिलाई मध्यनजर राखेर राजीनामा स्वीकृत नगर्न भनिएको छ । प्रहरी विधेयकमा औषधी उपचार खर्च कटौती गर्ने प्रस्ताव गरिएको हल्ला फैलिएपछि केही समयअघि देखि नै राजीनामाको लहर चलेको अधिकृतहरू बताउँछन् । तर, विधेयकमा खाइपाई आएको सुविधा कटौती गरिएको छैन ।
जुनियर प्रहरी कर्मचारीहरूको राजीनामा आफू कार्यरत युनिटको कमान्डरले स्वीकृत गरेर प्रहरी प्रधान कार्यालयमा बोधार्थ पठाउने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते