यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड हो : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड रहेको बताएका छन् । शनिबार तराई यातायात व्यवसायी संघको १८ औँ वार्षिक साधारणसभाका क्रममा बाराको सिमरामा बोल्दै उनले उद्योग, व्यापार, पर्यटन, शिक्षा तथा स्वास्थ्य सेवा सबैको सम्बन्ध यातायातसँग जोडिएको बताउँदै यातायात व्यवसायीको भूमिका अतुलनीय रहेको बताए ।
उनले कृषि उत्पादनको बजारसम्म पहुँच, मानव स्रोतमाथिको निर्भरता लगायत सीमापार व्यापारमा यातायात व्यवसायको महत्वपूर्ण भूमिका रहेको समेत बताए । ‘सडक संरचना र यसको स्तरले ल्याएको समस्या र चुनौती,यातायात क्षेत्रमा देखा परेका केहि प्रशासनिक झण्झट लगायतका धेरै समस्या र सवालहरु छन ।’
मन्त्री लेखकले भने– ‘तपाईंहरुले उठाउँदै आउनुभएका विषयमा के गर्न सकिन्छ भन्ने कुरामा नेपाल सरकार गम्भीर छ ।’ यातायात क्षेत्रमा नियमको कार्यान्वयन, व्यवसायिले भुक्तानी गर्ने कर संरचना र यातायात क्षेत्रमा संलग्न व्यवसायी, मजदुर र साधन सुरक्षाका सवाल रहेको उनको भनाई थियो । ‘विभिन्न समस्याका बावजुत पनि राम्रोसँग सेवा दिई रहनुभएको छ, तपाईंहरुले राम्रो गर्दा गर्दै पनि केहि कमी कमजोरीहरु आवश्यक सुधार गर्नुपर्ने देख्दछु ।’
उनले भने– ‘यातायात व्यवसायिहरुले भाडादरमा पारदर्शिताको अभाव,सेवाको गुणस्तरमा कमी,यात्रु सुरक्षामा लापरवाही,हड्ताल र सवारी बन्द गर्ने प्रवृत्ति, प्राविधिक प्रयोगको कमी लगायतका कुरामा सुधार गर्नुपर्ने देखिन्छ ।’
उनले आफु २०६३ सालदेखी कुनै न कुनै रुपमा यातायात क्षेत्रसँग जोडिएको बताउँदै यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको बताए । ‘हिजोमात्र मैले काठमाडौँमा यातायातसँग जोडिएका प्रमुख समस्या दुर्घटना र सोसँग जोडिएका बिमा लगायतको बारेमा सरोकारवाला सबैलाई राखेर प्रारम्भिक छलफल सुरु गरेका छौँ ।’
उनले भने– ‘यातायात व्यवसायीले उठाएका विषय महत्वपूर्ण छन् र आगामी दिनमा हुने छलफलमा यी कुराहरुलाई समाधान गर्नेतर्फ पहल गर्नेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण