वर्षा बाधक बनेपछि नेपाल फाइनलमा

काठमाडौँ । चार देशीय टी–२० शृङ्खला अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङबिचको खेलमा वर्षा बाधक बनेको छ । वर्षाका कारण खेल हुन नसकेपछि नेपाल र हङकङले अंक बाँड्न बाध्य भएका हुन् ।
योसँगै नेपालले ३ खेलबाट ५ अंक बटुल्दै शीर्ष स्थानमा रहेर फाइनलमा प्रवेश गरेको छ । यसअघि आज भएको पहिलो खेलमा कतारलाई हराएको कुवेत पनि ३ खेलबाट ४ अंक बटुल्दै फाइनलमा प्रवेश गरेको छ ।
वर्षाले खेल रोकिँदा हङकङले ९ ओभरमा ३ विकेटको क्षतिमा ६८ रन बनाएको छ । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । हङकङका लागि ओपनर जिसान अलीले २२ बलमा ३० रन जोडे ।
त्यस्तै, अंशी राथले १७ रन तथा निजाकत खानले १३ रन बनाए । नेपालका लागि ललित राजवंशीले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । नन्दन यादवले १ विकेट लिए ।
नेपाल हालसम्म प्रतियोगितामा अपराजित रहेको छ । हङकङले भने एक खेलमा जीत र एक खेलमा हार बेहोर्दै २ अंक पाएको छ ।
हङकङ तेस्रो स्थान र हालसम्म एक खेलपनि नजितेको कतार चौथो स्थानमा रहेको छ । अब दुई टोली तेस्रो स्थानका लागि भिड्नेछन् ।
फाइनल र तेस्रो स्थानका लागि हुने दुवै खेल आइतबार खेलिनेछ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन टिकट सुरु, रिपोर्ट घरबाटै हेर्न सकिने
-
प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास
-
स्मार्टफोन र कम्प्युटरमा लगाइएको करबाट पछि हटे ट्रम्प
-
प्रभावकारी बन्दै कर्णाली प्रदेश सभाः हिउँदे अधिवेशमै ७ ऐन निर्माण
-
आन्दोलनबारे पुनर्विचार गर्न शिक्षकहरुलाई संसदीय समितिको आग्रह
-
सियरा लियोनको राष्ट्रपति भवनमा आगलागी