वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जनताको चाहनाअनुरुप स्थापना भएको वास्तविकता सुनाउँदै त्यसविरुद्ध जाने जोकोही सजायको भागीदार हुने बताएका छन् ।
व्यास नगरपालिकाको आज दमौलीमा आयोजित ३३औँ स्थापना दिवस कार्यक्रममा उनले लामो सङ्घर्ष र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध जानेलाई कारबाही गरिने चेतावनी दिए ।
मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान व्यवस्थाबाट नै देशलाई आर्थिक उन्नतिको बाटोमा अगाडि बढाउनुको विकल्प नभएको बताए । उनले तीनवटै तहका सरकारको सहकार्यमा देश विकास सम्भव रहेको बताए ।
राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आले, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायत वक्ताले स्थानीय सरकारले जनताको भावनाअनुसार काम गर्नुपर्ने सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक