भैरहवामा विश्वशान्तिको कामना गर्दै मनाइयो हनुमान् जयन्ती
शनिबार, ३० चैत २०८१, १३ : १५

भैरहवा । विश्वशान्तिको कामना गर्दै भैरहवामा हनुमान् जयन्ती मनाइएको छ । श्रीरामजानकी हनुमान् मन्दिर सेवा समिति, रुपन्देही मारवाडी युवा मञ्च, श्याम मित्र मण्डल, हनुमान् मन्दिर मिश्रोलियालगायत विभिन्न संस्थाको आयोजनामा भैरहवा तथा आसपासका क्षेत्रमा हनुमान्को पूजाअर्चना, रामायण तथा हनुमान् चालिसा पाठका हनुमान् जयन्ती मनाइएको हो ।
भैरहवामा शोभायात्रा पनि निकालिएको थियो । विश्वशान्ति तथा जनकल्याणको कामना गर्दै हनुमान् जन्मोत्सव मनाउने परम्परा रहेको श्री रामजानकी हनुमान् मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्रप्रसाद रौनियारले बताए । हनुमानलाई शक्ति, भक्ति र सेवाको प्रतीक मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते