आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय
चार देशीय टी–२० शृङ्खला

नेपाल र हङकङबिचको खेलमा वर्षा बाधक

शनिबार, ३० चैत २०८१, १२ : १७
शनिबार, ३० चैत २०८१

काठमाडौँ । चार देशीय टी–२० शृङ्खला अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङबिचको खेल वर्षा कारण रोकिएको छ । 

वर्षाले खेल रोकिँदा हङकङले ९ ओभरमा ३ विकेटको क्षतिमा ६८ रन बनाएको छ । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

हङकङका लागि ओपनर जिसान अलीले २२ बलमा ३० रन जोडे । त्यस्तै, अंशी राथले १७ रन तथा निजाकत खानले १३ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिएका छन् । नन्दन यादवले १ विकेट लिएका छन् ।

नेपाल हालसम्म प्रतियोगितामा अपराजित रहेको छ । २ खेलमा नेपालले ४ अंक बटुलेको छ । हङकङले भने एक खेलमा जीत र एक खेलमा हार बेहोर्दै २ अंक पाएको छ ।

तालिकाको शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् भने तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि भिड्नेछन् । दुवै खेल आइतबार खेलिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप