आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको कार पहिरोले पुरियो, यात्रु सकुशल

शनिबार, ३० चैत २०८१, १२ : ०३
शनिबार, ३० चैत २०८१

बुटवल । बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको एउटा कार सिद्धार्थ राजमार्गमा खसेको पहिरोमा पुरिएको छ । तिनाउ गाउँपालिका-३ को बुटवल पाल्पा-सडक खण्डको सिद्धबाबा मन्दिर नजिक माथिबाट खसेको पहिरोले कार पुरिएको प्रहरीले जनाएको छ।

भैरवस्थानतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार माथिबाट आएको पहिरोका कारण पूर्णरुपले क्षति भएको राजमार्ग ट्राफिक सुरक्षा कार्यालय बुटवलले जनाएको छ । कारमा सवार यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ । 

बिहान पानी परेको बेला उक्त दुर्घटनामा भएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप