काठमाडौँ । काठमाडौँमा शनिबार बिहान हावाहुरीसँगै वर्षा भएको छ । बुधबारदेखि काठमाडौँलगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । यही कारणले गर्दा देशका विभिन्न भागमा वर्षा सुरु भएको छ ।
वर्षाका कारण लामो समयदेखि वायु प्रदूषणको मार खेपिरहेको काठमाडौँले केही राहत पनि महसुस गरेको छ ।
प्रतिक्रिया